यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्नी हारून-वंशकी थिइन्। तिनको नाउँ एलीशिबा थियो। ती दुवै परमेश्वरको सामुन्ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्थे। तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्किसकेको थियो। जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एक जना स्वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्ना राख्नू। तिमीलाई रमाहट र आनन्द हुनेछ, र धेरै जना तिनको जन्ममा रमाउनेछन्। किनभने तिनी परमप्रभुको सामुन्ने महान् हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। तिनले इस्राएलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्।”
लूका 1 पढ्नुहोस्
सुन्नुहोस् लूका 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:5-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू