YouVersion लोगो
खोज आइकन

लेवीहरू 1:1-4

लेवीहरू 1:1-4 NNRV

परमप्रभुले मोशालाई भेट हुने पालभित्रबाट बोलाएर भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘तिमीहरूमध्‍ये कुनै पनि मानिसले परमप्रभुको निम्‍ति बलि चढ़ाउँदा तिमीहरूको पशु-बलि गाई-गोरुको बथान अथवा भेड़ाबाख्राका बगालबाट त्‍यसले चढ़ाओस्‌। “‘यदि त्‍यसको बलि गाई-गोरुको होमबलि हो भने, त्‍यसले निष्‍खोट बाछोचाहिँ चढ़ाओस्‌। भेट हुने पालको ढोकामा त्‍यसले त्‍यो चढ़ाओस्, र परमप्रभुको सामुन्‍ने त्‍यो ग्रहणयोग्‍य हुनेछ। त्‍यसले होमबलिको टाउकोमाथि आफ्‍नो हात राखोस्, र त्‍यो त्‍यसको प्रायश्‍चितको लागि ग्रहणयोग्‍य हुनेछ।