लेवीहरू 1:1-4
लेवीहरू 1:1-4 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भेट हुने पालबाट भन्नुभयो, “इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेंडा-बाख्राहरूको बगालबाट हुनुपर्छ। “यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ। उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।
लेवीहरू 1:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भेट हुने पालभित्रबाट बोलाएर भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘तिमीहरूमध्ये कुनै पनि मानिसले परमप्रभुको निम्ति बलि चढ़ाउँदा तिमीहरूको पशु-बलि गाई-गोरुको बथान अथवा भेड़ाबाख्राका बगालबाट त्यसले चढ़ाओस्। “‘यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्खोट बाछोचाहिँ चढ़ाओस्। भेट हुने पालको ढोकामा त्यसले त्यो चढ़ाओस्, र परमप्रभुको सामुन्ने त्यो ग्रहणयोग्य हुनेछ। त्यसले होमबलिको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यो त्यसको प्रायश्चितको लागि ग्रहणयोग्य हुनेछ।

लेवीहरू 1:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई बोलाउनुभयो, र समागम पालबाट तिनीसित कुरा गर्नुभयो। उहाँले भन्नुभयो, “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कसैले याहवेहका निम्ति पशु भेटीको रूपमा ल्याउँदा तिमीहरूको भेटी गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट ल्याउनू। “ ‘यदि त्यस बथानबाट होमबलि हो भने त्यसले निष्खोट नर पशु चढाओस्। त्यसले त्यो समागम पालको प्रवेशद्वारमा ल्याओस्, र त्यो याहवेहका निम्ति ग्रहणयोग्य हुनेछ। त्यसले त्यस होमबलिको शिरमाथि आफ्नो हात राखोस्; र त्यो त्यसको प्रायश्चितका लागि त्यसको पक्षमा ग्रहणयोग्य हुनेछ।
लेवीहरू 1:1-4 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भेट हुने पालबाट भन्नुभयो, “इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेंडा-बाख्राहरूको बगालबाट हुनुपर्छ। “यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ। उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।
लेवीहरू 1:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई पवित्र-पालबाट बोलाउनुभयो र इस्राएलीहरूले बलिहरू चढाउँदा मान्नुपर्ने यी तलका नियमहरू तिनलाई दिनुभयो। जब कसैले पशुबलि चढाउँछ, तब गोरु वा भेडा वा बाख्राबाट त्यसले एउटा पशु चढाओस्। यदि कसैले आफ्ना गोरुको होमबलि चढाउँछ भने त्यसले एउटा निष्खोट साँढे ल्याओस्। त्यसले परमप्रभुको पवित्र पालको ढोकामा त्यो साँढे चढाओस् र परमप्रभुले त्यसलाई ग्रहण गर्नुहुनेछ। त्यस मानिसले साँढेको टाउकोमा हात राखोस् र त्यो त्यसको पाप काट्न बलि ग्रहण गरिनेछ।