उहाँका क्रोधको लाठोको दु:ख देख्ने मानिस म नै हुँ। उहाँले मलाई खेद्नुभयो, र उज्यालोभन्दा बरु अँध्यारोमा हिँड्न लाउनुभएको छ। वास्तवमा उहाँले आफ्नो हात घरीघरी र दिनभरि नै मेरो विरुद्धमा उठाउनुभएको छ। उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ, र मेरा हड्डीहरू भाँचिदिनुभएको छ। दु:ख र कष्टद्वारा उहाँले मलाई घेरेर थुन्नुभएको छ। धेरै दिनदेखि मरेको मुर्दाझैँ उहाँले मलाई अँध्यारो ठाउँमा हालिदिनुभएको छ। उम्कन नसकोस् भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ। उहाँले मलाई गह्रुङ्गो साङ्लाले बाँध्नुभएको छ। सहायताको लागि म चिच्च्याएर कराउँदछु, तापनि उहाँ मेरो प्रार्थनालाई इन्कार गर्नुहुन्छ। ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढ़ो बनाइदिनुभएको छ। आक्रमण गर्नलाई ढुकिरहने भालू र लुकिरहने सिंहजस्तै, उहाँले मलाई बाटोदेखि तर्काइलानुभयो, र फहराएर छियाछिया पार्नुभयो। उहाँले मलाई सहाराहीन तुल्याउनुभयो। उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुभयो, र मलाई नै काँड़को तारो बनाउनुभयो। आफ्नो ठोक्रोका काँड़हरूले उहाँले मेरो मुटु छेड़िदिनुभयो। मेरा सबै मानिसहरूका हाँसोको पात्र म बनेको छु, र दिनभरि नै तिनीहरूका ठट्टाको गीत बनेको छु। उहाँले मलाई तीतो जड़ीबूटी भरिदिनुभयो, र पित्त खुवाइदिनुभयो। उहाँले रोड़ा खुवाएर मेरा दाँत भाँचिदिनुभयो, र मलाई धूलोमा कुल्चीमिल्ची गर्नुभयो। शान्ति मेरो जीवनबाट दूर भएको छ। कल्याण के हो, सो मैले बिर्सेको छु। यसैले म भन्छु, “मेरो शान नष्ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो।” तीतोपन र पित्त, मेरो दु:ख र फिरन्तेपनलाई सम्झन्छु। म निरन्तर तिनलाई सम्झिरहन्छु, र मेरो प्राण मभित्र हताश भएको छ।
विलाप 3 पढ्नुहोस्
सुन्नुहोस् विलाप 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: विलाप 3:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ
होम
बाइबल
योजनाहरू
भिडियोहरू