यसकारण जब यर्दन तर्नलाई मानिसहरूले आ-आफ्ना पालहरू उठाए, पूजाहारीहरू करारको सन्दूक बोकेर मानिसहरूका अगि लागे। कटनीको अवधिभरि यर्दनमा बाढ़ी आइरहन्छ। तापनि सन्दूक बोक्ने पूजाहारीहरू यर्दनमा आइपुगेर तिनीहरूका खुट्टाले किनारको पानीमा छुने बित्तिकै माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड़्यो, र अराबाको समुद्र, अर्थात् खारा समुद्रमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्यो। यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे।
यहोशू 3 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 3:14-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू