“यसकारण अब परमप्रभुको भय मान, र सारा विश्वस्ततासाथ उहाँको सेवा गर। तिमीहरूका पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि र मिश्रदेशमा पुजेका देवताहरूलाई फ्याँक, र परमप्रभुको सेवा गर। तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” तब मानिसहरूले भने, “हामीले परमप्रभुलाई त्यागेर अरू देवताहरूको पूजा गर्न नपरोस्। किनभने परमप्रभु हाम्रा परमेश्वरले नै हामीलाई र हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेश, दासत्वको घरबाट मुक्त गराएर ल्याउनुभएको हो, र हाम्रा आँखाकै सामु त्यस्ता ठूला आश्चर्य कामहरू गर्नुभयो। अनि हामी जहाँ गए तापनि, जुन जातिहरूका बीचबाट हामी आए तापनि उहाँले हामीलाई रक्षा गर्नुभयो। परमप्रभुले हाम्रा सामुन्नेबाट सबै जातिहरू, यस देशमा बस्ने एमोरीहरूलाई समेत धपाउनुभयो। यसकारण हामीहरू पनि परमप्रभुको सेवा गर्नेछौं, किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ।” यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्दैनौ, किनभने उहाँ पवित्र परमेश्वर हुनुहुन्छ। उहाँ डाह गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूका अपराध र तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन। तिमीहरूले परमप्रभुलाई त्यागेर पराई देवताहरूको पूजा गर्यौ भनेता अहिलेसम्म उहाँले तिमीहरूको हित गर्नुभए तापनि तिमीहरूको अहित गर्न उहाँ फर्कनुहुनेछ, र तिमीहरूलाई भस्म पार्नुहुनेछ।” तर मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुकै सेवा गर्नेछौं।” तब यहोशूले तिनीहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्ने निर्णय गरेर तिमीहरू आफ्ना लागि आफै साक्षी भएका छौ।” तिनीहरूले भने, “हामी साक्षी छौं।” यहोशूले भने, “यसकारण अब तिमीहरूसँग भएका पराई देवताहरूलाई मिल्काइदेओ, र तिमीहरूका मन परमप्रभु इस्राएलका परमेश्वरतिर लगाओ।”
यहोशू 24 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 24:14-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू