यहोशू 1
1
यहोशूलाई परमप्रभुको आज्ञा
1परमप्रभुका दास मोशाको मृत्युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, 2“मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा। 3मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु। #व्य ११:२४-२५ 4मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै#1:4 अर्थात् भूमध्यसागरसम्मै तिमीहरूको सिमाना हुनेछ। 5तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खड़ा हुन सक्नेछैन। जसरी म मोशासँग रहें, त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने, अनि तँलाई त्याग्नेछैनँ। #व्य ३१:६-८; हिब १३:५
6“बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्। #व्य ३१:६-७,२३ 7बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्। 8व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। 9तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
यर्दन नदी तर्ने तयारी
10तब यहोशूले मानिसहरूका अधिकृतहरूलाई हुकुम गरे, 11“छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन, ‘आ-आफ्ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारि जानुपर्छ’।”
12तर यहोशूले रूबेनी, गादी र मनश्शेको आधा कुललाई भने, #गन्ती ३२:२८-३२; व्य ३:१८-२०; यहो २२:१-६ 13“परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएको आज्ञा, अर्थात् ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्राम दिनुहुन्छ र तिमीहरूलाई यो जमिन दिनुभएको छ,’ भन्ने वचन सम्झ। 14तिमीहरूका स्त्रीहरू, बालबच्चाहरू र गाईबस्तुहरू मोशाले तिमीहरूलाई यर्दनको पूर्वपट्टि दिएको देशमा रहन सक्नेछन्। तर तिमीहरूका सबै योद्धाहरू हतियार भिरी आ-आफ्ना दाजुभाइहरूका अगिअगि पारि जानुपर्छ। 15अनि जबसम्म तिमीहरूलाई झैँ परमप्रभुले उनीहरूलाई पनि विश्राम दिनुहुन्न र परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश उनीहरूले जबसम्म अधिकार गर्नेछैनन् तिमीहरूले उनीहरूलाई मदत गर्नुपर्छ। त्यसपछि परमप्रभुका दास मोशाले यर्दन वारि पूर्वतिर तिमीहरूलाई दिएको देशमा फर्केर त्यसको अधिकार गर्न सक्नेछौ।”
16अनि तिनीहरूले यहोशूलाई यसरी उत्तर दिए, “तपाईंले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ त्यो हामी गर्नेछौं, र तपाईंले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्छ, हामी त्यहाँ जानेछौं। 17जसरी हामीले मोशाका सबै कुरा मान्थ्यौं त्यसरी हामी तपाईंलाई पनि मान्नेछौं। परमप्रभु तपाईंका परमेश्वर जसरी मोशाका साथमा हुनुहुन्थ्यो, त्यसरी तपाईंका साथमा पनि रहून्। 18तपाईंका आज्ञाका विरुद्धमा जो खड़ा होला र तपाईंले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला, त्यो मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्।”
अहिले सेलेक्ट गरिएको:
यहोशू 1: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012