YouVersion लोगो
खोज आइकन

यहोशू पुस्तक परिचय

पुस्तक परिचय
व्यवस्थाको पुस्तकमा अन्त्य भएको वृतान्तको घटनाबाट यहोशूको पुस्तक सुरु हुन्छ। यहोशू नै यस पुस्तकको प्रमुख नायक भएको कारणले यस पुस्तकको नाम यहोशू राखिएको हो। यहोशूको अर्थ “परमप्रभुले उद्धार गर्नुहुन्छ” अथवा “परमप्रभु उद्धारक” हुन्छ। यहोशूको सुरुको जीवनमा उनको नाउँ “होशिया” थियो (गन्ती १३:८,१६)। पछिबाट मोशाले उसको नाउँ बदलेर यहोशू राखिदिए। यही नाउँ नै ग्रीक भाषामा “येशू” भनी उच्‍चारण गरियो।
यहोशूको पुस्तक परमेश्‍वरको जनहरूको विजय र उहाँको प्रतिज्ञाको पूर्णताको वृतान्त हो। मिश्रदेशबाट छुटकारा पाएर ४० वर्षको मरुभूमिको यात्रा गरेपछि परमप्रभुले अब्राहामलाई दिनुभएको करारको प्रतिज्ञास्वरूप इस्राएलीहरू कनान देशमा प्रवेश गरेका थिए।
यस पुस्तकको मुख्य विषय प्रतिज्ञाको मुलुकको कब्जा हो र मुख्य पदचाहिँ २१:४५ हो।

अहिले सेलेक्ट गरिएको:

यहोशू पुस्तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्