YouVersion लोगो
खोज आइकन

अय्‍यूब 42:8-10

अय्‍यूब 42:8-10 NNRV

यसैले अब सात वटा साँढ़े र सात वटा भेड़ा लिएर मेरो दास अय्‍यूबकहाँ जाऊ, र तिमीहरू आफ्‍ना निम्‍ति होमबलि चढ़ाऊ, र त्‍यसले तिमीहरूका निम्‍ति अन्‍तर्बिन्‍ती चढ़ाउनेछ। म त्‍यसको प्रार्थना सुन्‍नेछु अनि तिमीहरूको मूर्खताअनुसार तिमीहरूसित व्‍यवहार गर्नेछैन, किनभने अय्‍यूबले झैँ मेरो विषयमा भन्‍नुपर्ने कुरा तिमीहरूले बोलेनौं।” तब एलीपज तेमानी, बिल्‍दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्‍ना मित्रहरूका निम्‍ति अय्‍यूबले अन्‍तर्बिन्‍ती गरिदिँदा परमप्रभुले अय्‍यूबको प्रार्थना ग्रहण गर्नुभयो। यसरी अय्‍यूबले आफ्‍ना मित्रहरूका निम्‍ति प्रार्थना गरेपछि परमप्रभुले अय्‍यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्‍पत्ति पहिलेको भन्‍दा दुई गुणा बढ़ाइदिनुभयो।