अय्यूब 42:8-10
अय्यूब 42:8-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले अब सात वटा साँढ़े र सात वटा भेड़ा लिएर मेरो दास अय्यूबकहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होमबलि चढ़ाऊ, र त्यसले तिमीहरूका निम्ति अन्तर्बिन्ती चढ़ाउनेछ। म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खताअनुसार तिमीहरूसित व्यवहार गर्नेछैन, किनभने अय्यूबले झैँ मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौं।” तब एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्ना मित्रहरूका निम्ति अय्यूबले अन्तर्बिन्ती गरिदिँदा परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो। यसरी अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अय्यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढ़ाइदिनुभयो।
अय्यूब 42:8-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण अब सात वटा बहर र सात वटा थुमा लिएर मेरा सेवक इयोबकहाँ जाओ, र आफ्ना निम्ति होमबलि चढाओ। मेरा सेवक इयोबले तिमीहरूका निम्ति प्रार्थना गर्नेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु; अनि म तिमीहरूका मूर्खता अनुसारको व्यवहार गर्नेछैनँ। मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले बोलेका छैनौ।” यसकारण एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीहरूलाई याहवेहले भन्नुभएजस्तै गरे; अनि याहवेहले इयोबको प्रार्थना स्वीकार गर्नुभयो। इयोबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरिसकेपछि याहवेहले तिनको सुदिन फेरि फर्काइदिनुभयो, र तिनलाई तिनीसँग पहिला भएका धनसम्पत्तिभन्दा दोबर दिनुभयो।
अय्यूब 42:8-10 पवित्र बाइबल (NERV)
यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेंडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।” यसकारण तेमान बासिन्दा एलीपज अनि शुहबाट आएका बिल्दद साथै नामाहबाट आएका सोपरले परमप्रभुको आज्ञा पालन गरे। त्यसपछि परमप्रभुले अय्यूबको प्रार्थनाको जवाफ दिनुभयो। अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अय्यूबलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा ज्यादा अय्यूबलाई दिनुभयो।
अय्यूब 42:8-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब सात-सात वटा साँढे र भेडाहरू लिएर मेरो सेवक अय्यूबकहाँ जाओ र ती पशुहरू आफ्ना निम्ति होमबलि चढाओ। तिमीहरूका निम्ति अय्यूबले बिन्ती गर्नेछ र म त्यसको बिन्तीको उत्तर दिनेछु अनि तिमीहरूका मूर्खता सुहाउँदो गरी तिमीहरूसित व्यवहार गर्नेछैनँ। अय्यूबले झैँ तिमीहरूले मेरो बारेमा कुरा बोलेनौ।” तब एलीपज, बिल्दद र सोपरले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे र अय्यूबले बिन्ती गरिदिँदा परमप्रभुले जवाफ दिनुभयो। अय्यूबले आफ्ना तीन मित्रहरूका निम्ति बिन्ती गरिदिएपछि परमप्रभुले उसको सुदिन फर्काइदिनुभयो र त्यसका धन-सम्पत्ति अघिको भन्दा दुई गुणा बढाइदिनुभयो।