पत्रुसले पछि फर्केर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछिपछि आउँदैगरेका देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्केर, “प्रभु, तपाईंलाई पक्राइदिने को हो?” भनी सोधेका थिए। तिनलाई देखेर पत्रुसले येशूलाई भने, “प्रभु, यिनको चाहिँ के हुने?” येशूले पत्रुसलाई भन्नुभयो, “म नआएसम्म तिनी पर्खिरहून् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के? तिमी मेरो पछि लाग।” यसैकारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन् भन्नुभएको थिएन, तर “म नआएसम्म तिनी पर्खिरहून् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के?” भन्नुभएको थियो।
यूहन्ना 21 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 21:20-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू