यूहन्ना 21:20-23
यूहन्ना 21:20-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पत्रुसले पछि फर्केर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछिपछि आउँदैगरेका देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्केर, “प्रभु, तपाईंलाई पक्राइदिने को हो?” भनी सोधेका थिए। तिनलाई देखेर पत्रुसले येशूलाई भने, “प्रभु, यिनको चाहिँ के हुने?” येशूले पत्रुसलाई भन्नुभयो, “म नआएसम्म तिनी पर्खिरहून् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के? तिमी मेरो पछि लाग।” यसैकारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन् भन्नुभएको थिएन, तर “म नआएसम्म तिनी पर्खिरहून् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के?” भन्नुभएको थियो।

यूहन्ना 21:20-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पत्रुसले पछिल्तिर फर्केर हेर्दा येशूले प्रेम गर्नुभएको चेलाले उहाँहरूलाई पछ्याउँदै गरेको देखे। (बेलुकीको भोजनमा उहाँसँग अडिएर, “गुरुज्यू, हामीमध्ये तपाईंलाई कसले चाहिँ विश्वासघात गर्नेछ?” भनेर सोध्ने व्यक्ति यिनै थिए।) तिनलाई देखेर पत्रुसले येशूलाई सोधे, “प्रभु! यिनको चाहिँ के हुने हो?” येशूले उत्तर दिनुभयो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भनी चाहना गरेँ भने पनि यसको तिमीलाई के सरोकार? तिमीले चाहिँ मलाई पछ्याऊ!” यसकारण विश्वासीहरूका बीचमा त्यो चेलाचाहिँ मर्नेछैन भन्ने हल्ला फिँजियो, तर येशूले तिनी मर्नेछैनन् भनी भन्नुभएको थिएन। उहाँले यति मात्र भन्नुभएको थियो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भन्ने चाहना गरेँ भने तापनि यसको तिमीलाई के सरोकार?”
यूहन्ना 21:20-23 पवित्र बाइबल (NERV)
पत्रुसले फर्केर हेर्दा देखे जुन चेलाहरू येशूलाई प्रेम गर्थे उहाँको पछि हिड्न थाले। त्यो त्यही चेला जो साँझको भोजमा प्रभुको छातीमा अडेसलागेर बसेका थिए र भनेका थिए, “प्रभु, त्यो को होला जसले तपाईंलाई विश्वासघात गर्नेछ?” जब पत्रुसले त्यस भक्तलाई देखे, उसले येशूलाई सोध्यो, “प्रभु उसलाई के गर्ने?” येशूले जवाफ दिनुभयो, “यदि म चाहन्छु कि जब सम्म म आँउदिन त्यो जीवित रहे तिमीलाई के भयो त? तिमी मेरो पछि लाग।” यसरी यो कुरा भाइहरूमा यति सम्म फैलिन गयो कि उसको त्यो चेला मर्दैन। तर येशूले त्यो मर्दैन भनि भन्नु भएको थिएन। तर यो भन्नु भएको थियो कि, “यदि म यो चाहन्छु कि जबसम्म म आऊँदिन त्यो यहीं जीवित रहे तिमीलाई के भयो त?”
यूहन्ना 21:20-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रभुका प्यारा चेला पछि-पछि आउँदै थिए। (भोजमा उनले येशूको छातीमा अडेस लागेर “प्रभु, तपाईंलाई कसले पक्राइदिँदै छ?” भनेर सोधेका थिए।) पछाडि फर्केर हेर्दा त पत्रुसले उनलाई आइरहेको देखेर येशूलाई सोधे, “प्रभु, यिनको चाहिँ के हुन्छ नि?” येशूले पत्रुसलाई जवाफ दिनुभयो, “म नआउञ्जेल ऊ बाँचिरहोस् भन्ने इच्छा गरे पनि तिमीलाई के त? तिमीचाहिँ मेरो पछि लाग।” येशूको यो जवाफले गर्दा ती चेला मर्नेछैनन् भन्ने कुरा येशूका अरू चेलाहरूमा फैलियो। खासमा येशूले तिनी मर्नेछैनन् भन्नुभएको थिएन। तर उहाँले “म नआउञ्जेल ऊ बाँचिरहोस् भन्ने इच्छा गरे पनि तिमीलाई के त?” भनेर भन्नुभएको थियो।