यसरी नै मिद्यानीहरूले इस्राएलीहरूलाई निर्धन बनाइदिए, र सहायताको निम्ति तिनीहरूले परमप्रभुलाई पुकारे। मिद्यानीहरूले सताएकोले इस्राएलीहरूले परमप्रभुलाई पुकार्दा, उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको यो वाणी छ: मैले तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकालेर ल्याएँ। मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई सताउने सबैका हातबाट छुटाएँ। मैले उनीहरूलाई तिमीहरूका सामुन्नेदेखि धपाएँ, र उनीहरूका देशहरू तिमीहरूलाई दिएँ। मैले तिमीहरूलाई भनें, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू बसोबास गरिरहेको, एमोरीहरूको देशका देवताहरूको सेवा नगर’। तर तिमीहरूले मेरो कुरा सुनेनौ।” अब परमप्रभुका दूत आएर अबीएजेरी योआशको, ओप्रा भन्ने ठाउँको फलाँटको रूखमुनि बसे। योआशका छोरा गिदोनचाहिँ मिद्यानीहरूबाट लुकाउनलाई दाखको कोलमा गहूँ चुट्दैथिए। तब परमप्रभुका दूतले गिदोनकहाँ देखा परेर तिनलाई भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।” गिदोनले तिनलाई भने, “हजूर, सुन्नुहोस्, परमप्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भनेता यी सबै किन हामीलाई भएको? उहाँका ती सबै आश्चर्य कामहरू के भए, जो हामीले आफ्ना पिता-पुर्खाहरूबाट सुनेका छौं, जसले भन्थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्याउनुभएको होइन?’ तर अब त परमप्रभुले हामीलाई त्याग्नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।” तब तिनीतिर फर्केर परमप्रभुले भन्नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्। तँलाई पठाउने म नै हुँ।” गिदोनले उत्तर दिए, “हजूर, सुन्नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस् त्यो त मनश्शेमा सबैभन्दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।” परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु, र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैँ मार्नेछस्।”
न्यायकर्ताहरू 6 पढ्नुहोस्
सुन्नुहोस् न्यायकर्ताहरू 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ताहरू 6:6-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू