यशैया 7:1-4

यशैया 7:1-4 NNRV

जब उज्‍जियाहका नाति, योतामका छोरा आहाज यहूदाका राजा थिए, तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्‍याहका छोरा पेकह यरूशलेमको विरुद्धमा लड़ाइँ गर्न आए, तर उनीहरू विजयी हुन सकेनन्‌। अनि “एफ्राइमले अरामसित सन्‍धि गर्‍यो” भन्‍ने समाचार दाऊदको घरानाकहाँ पुग्‍यो। वनका रूखहरू बतासले हल्‍लाएझैँ गरी आहाज र तिनका प्रजाका मन कामे। तब परमप्रभुले यशैयालाई भन्‍नुभयो, “अब तँ आफ्‍नो छोरो शार्यासूबलाई लिएर धोबीको खेतको बाटोमा गएर माथिल्‍लो पोखरीको नहरको आखिरी भागमा आहाजसित भेट गर्, र त्‍यसलाई भन्, ‘होशियार होऊ, शान्‍त बस र तिमी नडराऊ। यी दुई धूवाँ उठ्‌ने अगुल्‍टा, रसीन र अरामको भयङ्कर रीस, र रमल्‍याहको छोराको कारण तिम्रो मन पनि कातर नहोस्‌।