YouVersion लोगो
खोज आइकन

यशैया 58:5-6

यशैया 58:5-6 NNRV

के मैले चुनेको उपवास यस्‍तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्‍ने? के निगालोझैँ आफ्‍नो शिर झुकाउने र भाङ्‌ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्‍ति ग्रहणयोग्‍यको दिन भन्‍छौ? “अन्‍यायको बन्‍धन फुकाल्‍न, जुवाको डोरी फुकाल्‍न, र अत्‍याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?