यशैया 58:5-6
यशैया 58:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने किसिमको उपवास मैले चाहेको हो र? के यो आफ्नो शिर निगालोझैँ निहुराएर भाङ्ग्रा र खरानीमा बस्ने मात्र हो? के यसैलाई तिमीहरू उपवास भन्छौ, के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ? “मैले चाहेको उपवास: अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु, शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु र प्रत्येक जुवा भाँचिदिनु होइन र?
यशैया 58:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब तिमीहरू उपवास बस्छौ, तिमीहरूले आफैंलाई दु:ख दिन्छौ, निगालोलेझैँ तिमीहरूले आफ्ना शिर निहुराउँछौ र शरीरलाई खरानी घसेर भाङ्ग्रा ओढाउँछौ? के त्यसैलाई उपवास भन्छौ? के त्यसैले मलाई खुसी पार्छ भनी सम्झन्छौ? “म यस्तो प्रकारको उपवास चाहन्छु: अत्याचारका साङ्ला र अन्यायका जुवा तोडिदेऊ र अत्याचारमा परेकाहरूलाई फुक्का गरिदेऊ।
यशैया 58:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के मैले चुनेको उपवास यस्तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्ने? के निगालोझैँ आफ्नो शिर झुकाउने र भाङ्ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहणयोग्यको दिन भन्छौ? “अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?
यशैया 58:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने किसिमको उपवास मैले चाहेको हो र? के यो आफ्नो शिर निगालोझैँ निहुराएर भाङ्ग्रा र खरानीमा बस्ने मात्र हो? के यसैलाई तिमीहरू उपवास भन्छौ, के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ? “मैले चाहेको उपवास: अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु, शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु र प्रत्येक जुवा भाँचिदिनु होइन र?
यशैया 58:5-6 पवित्र बाइबल (NERV)
के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थें र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्तो चाहनु भएको हो? “म कुन प्रकारको विशेष दिन चाहन्छु भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई सङ्कटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।