YouVersion लोगो
खोज आइकन

यशैया 42:6-9

यशैया 42:6-9 NNRV

“म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्‍नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्‍ति करार र अन्‍यजातिहरूका निम्‍ति ज्‍योति बनाउनेछु, अन्‍धाहरूका आँखा खोल्‍नलाई, कैदीहरूलाई कारागारबाट र अन्‍धकारमा बस्‍नेहरूलाई कैदी राख्‍ने तहखानाबाट निकाल्‍नलाई। “म परमप्रभु हुँ, मेरो नाउँ त्‍यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ। हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्‍दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु।