YouVersion लोगो
खोज आइकन

यशैया 42:6-9

यशैया 42:6-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्‍नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्‍ति करार र अन्‍यजातिहरूका निम्‍ति ज्‍योति बनाउनेछु, अन्‍धाहरूका आँखा खोल्‍नलाई, कैदीहरूलाई कारागारबाट र अन्‍धकारमा बस्‍नेहरूलाई कैदी राख्‍ने तहखानाबाट निकाल्‍नलाई। “म परमप्रभु हुँ, मेरो नाउँ त्‍यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ। हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्‍दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु।

शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्

यशैया 42:6-9 पवित्र बाइबल (NERV)

“म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ। तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन्, तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ। “म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन, जुन मेरो हुनुपर्नेछ। शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए अनि ती घटनाहरू भए। अनि अब, यी घटनाहरू हुनु अघि नै, केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”

शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्

यशैया 42:6-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“पृथ्‍वीमा न्‍याय होस् भनी म, परमप्रभुले मेरो धार्मिकताअनुसार तँलाई बोलाएको छु र तँलाई सम्हाल्‍नेछु। तँद्वारा म जाति-जातिसित एउटा करार बाँध्‍नेछु, तँद्वारा म जाति-जातिमा ज्‍योति दिनेछु। तैँले अन्‍धाका आँखा खोलिदिनेछस्, अँध्‍यारो झ्‍यालखानमा बसेकाहरूलाई त्‍यहाँबाट छुटाउनेछस्। “म मात्र तेरा परमप्रभु परमेश्‍वर हुँ, म आफ्‍नो महिमा अरू कुनै देवी-देवतालाई दिनेछैनँ। म आफ्‍नो प्रशंसा कुनै मूर्तिलाई दिनेछैनँ। मैले उहिले भनेका कुराहरू अहिले पूरा भए। अब म तिमीहरूलाई नयाँ कुराहरू ती हुनुभन्दा अघि नै भन्‍नेछु।”

शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्