YouVersion लोगो
खोज आइकन

हिब्रू 10:26-29

हिब्रू 10:26-29 NNRV

किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन, तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ। मोशाको व्‍यवस्‍थालाई उल्‍लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ। तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टामुनि कुल्‍चने, आफूलाई पवित्र तुल्‍याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्‍मालाई अपमान गर्नेचाहिँ झन्‌ कति बढ़ी कड़ा दण्‍डको योग्‍य ठहरिनेछ।