यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु। तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्राले लिप्नू। तैंले त्यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्। जहाजमा उज्यालो आओस् भनेर त्यो मास्तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्यसको एकापट्टि राख्नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनू। जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। तर तँसँगचाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्। सबै जीवित प्राणीमध्ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्। पक्षीहरूमध्ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्। हरेक किसिमका आहारा पनि तैंले आफ्नो साथमा जम्मा गरेर राख्नू। ती तेरो र तिनीहरूका निम्ति आहार हुनेछन्।” परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।
उत्पत्ति 6 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 6:13-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू