तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चय नै तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।” अनि योसेफले इस्राएलका सन्तानलाई शपथ खान लाएर भने, “परमेश्वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।” यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे।
उत्पत्ति 50 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 50
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 50:24-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू