उत्पत्ति 50:24-26
उत्पत्ति 50:24-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चय नै तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।” अनि योसेफले इस्राएलका सन्तानलाई शपथ खान लाएर भने, “परमेश्वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्यो बेला तिमीहरूले मेरा अस्थिहरू यहाँबाट लैजानू।” यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे।

उत्पत्ति 50:24-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मृत्यु हुन लागेको छ; तर परमेश्वर निश्चय तिमीहरूलाई सहायता दिन आउनुहुनेछ; र तिमीहरूलाई यस देशबाट उहाँले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।” अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्वर निश्चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।” यसरी योसेफको एक सय दश वर्ष उमेर पुगेर मृत्यु भयो। अनि उनीहरूले तिनलाई सुगन्धित लेप लगाएपछि बाकसमा हालेर इजिप्टमा नै राखे।
उत्पत्ति 50:24-26 पवित्र बाइबल (NERV)
जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।” तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।” यूसुफ जब एक सय दश बर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे।
उत्पत्ति 50:24-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनले दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो तर परमेश्वरले निश्चय नै उहाँले अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार तिमीहरूलाई यस देशबाट डोर्याएर निकालिलैजानुहुनेछ।” त्यसपछि योसेफले आफ्ना मानिसहरूलाई शपथ खान लाए। उनले भने, “परमेश्वरले तिमीहरूलाई त्यस देशमा लैजानुहुँदा मेरो लाश पनि लिएर जानेछौ भनी मसँग प्रतिज्ञा गर।” योसेफ मिश्रदेशमा ११० वर्ष उमेर पुगेर मरे। तिनीहरूले सुगन्धित तेल र लेप तिनको लाशमा मलेर लाश एउटा बाकसमा हालेर राखे।