YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:46-49

उत्‍पत्ति 41:46-49 NNRV

मिश्रका राजा फारोको राजसेवामा नियुक्त हुँदा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको सम्‍मुखबाट निस्‍केर सारा मिश्रदेशभरि दौड़ाहा गर्न लागे। सहकालका सात वर्षसम्‍म जमिनले प्रशस्‍त उब्‍जनी दियो। तिनले सहकालका सात वर्षसम्‍म मिश्रका सबै अन्‍न जम्‍मा गरे, र सहर-सहरमा अनाजहरू थन्‍क्‍याए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्‍क्‍याएर राखे। योसेफले समुद्रका बालुवासरी प्रशस्‍त मात्रामा अनाजहरू सञ्‍चय गरे, यहाँसम्‍म कि ती अघोर प्रशस्‍त भएको कारणले तिनले हिसाब राख्‍न पनि छोड़िदिए।