YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:46-49

उत्‍पत्ति 41:46-49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मिश्रका राजा फारोको राजसेवामा नियुक्त हुँदा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको सम्‍मुखबाट निस्‍केर सारा मिश्रदेशभरि दौड़ाहा गर्न लागे। सहकालका सात वर्षसम्‍म जमिनले प्रशस्‍त उब्‍जनी दियो। तिनले सहकालका सात वर्षसम्‍म मिश्रका सबै अन्‍न जम्‍मा गरे, र सहर-सहरमा अनाजहरू थन्‍क्‍याए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्‍क्‍याएर राखे। योसेफले समुद्रका बालुवासरी प्रशस्‍त मात्रामा अनाजहरू सञ्‍चय गरे, यहाँसम्‍म कि ती अघोर प्रशस्‍त भएको कारणले तिनले हिसाब राख्‍न पनि छोड़िदिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 41 पढ्नुहोस्

उत्‍पत्ति 41:46-49 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

इजिप्टका राजा फारोको सेवामा प्रवेश गर्दा योसेफ तीस वर्ष पुगेका थिए। अनि योसेफ फारोको उपस्थितिबाट निस्किएर गए, र इजिप्टभरि भ्रमण गरे। सात वर्षको सहकालमा देशमा प्रशस्त उब्जनी भयो। योसेफले ती सात वर्षहरूमा इजिप्टमा प्रशस्त गरी उब्जिएका सबै अन्‍न ती जम्मा गरे, र सहरहरूमा जम्मा गरे। प्रत्येक सहरका छेउछाउका खेतहरूमा भएका उब्जनी तिनले सहरहरूमा थन्क्याए। योसेफले समुद्रको बालुवासरह धेरै परिमाणमा अन्‍न जम्मा गरे; त्यो अन्‍न यति धेरै थियो कि नाप्‍न पनि नसकेकोले तिनले त्यसको हिसाब राख्नै छोडिदिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 41 पढ्नुहोस्