YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:45-49

उत्‍पत्ति 41:45-49 सरल नेपाली

तिनले योसेफलाई मिश्री नाम सापनत-पानेह राखिदिए र ओनका पूजाहारी सहरको पुरोहित पोतीपेराकी छोरी आसनतसित उनको विवाह गरिदिए। योसेफ मिश्रका राजाको सेवामा खटाइँदा तीस वर्ष पुगेका थिए। राजाको दरबारबाट निस्‍केर उनले सारा देशमा यात्रा गरे। सात वर्ष सहकालमा जमिनबाट प्रशस्‍त उब्‍जनी भयो। ती सबै योसेफले बटुलेर सहर-सहरका ढुकुटीमा जम्‍मा गरे। हरेक सहरमा त्‍यसको वरिपरिको खेतमा अन्‍न बटुलिन्‍थे। यति बिघ्‍न अन्‍न उम्रियो कि योसेफले तौलन पनि छोडिदिए। ती समुद्रको बालुवासरि भएका थिए।

उत्‍पत्ति 41 पढ्नुहोस्