YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 29:1-14

उत्‍पत्ति 29:1-14 NNRV

तब याकूब उठेर आफ्‍नो बाटो लागे, र पूर्ववासीहरूको देशमा पुगे। त्‍यहाँ तिनले मैदानमा एउटा इनार देखे, र त्‍यसको नजिक भेड़ाका तीन बगाल बसिरहेका थिए, किनकि त्‍यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्‍ने एउटा ठूलो ढुङ्गा थियो। जब सबै बगालहरू त्‍यहाँ जम्‍मा हुन्‍थे, तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुड़ाएर भेड़ाहरूलाई पानी खान दिन्‍थे। त्‍यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्‍यो ढुङ्गा राखिदिन्‍थे। याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानमा बस्‍ने हौं।” तिनले भने, “तिमीहरू नाहोरका नाति लाबानलाई चिन्‍छौ?” तिनीहरूले भने, “तिनलाई हामी चिन्‍छौं।” याकूबले तिनीहरूलाई सोधे, “के उहाँ सन्‍चै हुनुहुन्‍छ?” तिनीहरूले भने, “उहाँ सन्‍चै हुनुहुन्‍छ। हेर्नुहोस्, उहाँकी छोरी राहेल भेड़ाहरू लिएर आउँदैछिन्‌।” तिनले भने, हेर, साँझ परेको छैन। भेड़ाबाख्राहरूलाई जम्‍मा गर्ने बेला भएको छैन। भेड़ाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाओ। तिनीहरूले भने, “सबै बगालहरू जम्‍मा नभई अनि इनारको मुखबाट ढुङ्गा नगुड़ाइकन हामी त्‍यसो गर्न सक्‍दैनौं। त्‍यसपछि मात्र हामी भेड़ाहरूलाई पानी खुवाउँछौं।” याकूब तिनीहरूसँग कुरा गरिरहँदा, राहेल आफ्‍ना बुबाका भेड़ाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि भेड़ाहरू तिनले नै चराउने गर्थिन्‌। जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र आफ्‍ना मामाका भेड़ाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुड़ाइदिए, र आफ्‍ना मामा लाबानका भेड़ाहरूलाई पानी खुवाइदिए। तब याकूबले राहेललाई म्‍वाइँ खाए, र रुन लागे। याकूबले राहेललाई “म तिम्रा बाबुको नातेदार, रिबेकाको छोरा हुँ” भनी बताइदिए। तब राहेल कुदेर गइन्‌ र आफ्‍ना बाबुलाई यो कुरा बताइदिइन्‌। आफ्‍ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्‌नलाई कुदेर आए, र तिनलाई अँगालो हालेर म्‍वाइँ खाए, अनि तिनलाई आफ्‍नो घरमा ल्‍याए। अनि याकूबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, “वास्‍तवमा तिमी मेरो हाड़ र मासु हौ।” याकूब उनीसँग एक महिना बसेपछि