इजकिएल पुस्तक परिचय
पुस्तक परिचय
५९७ ई.पू. को दोस्रो कैदको बेलामा इजकिएल बेबिलोन गएका थिए। त्यसको चार वर्षपछि उनले अगमवक्ताको सेवा सुरु गरे जुन बीस बर्षसम्म जारी रह्यो। अन्य अगमवक्ताका दाँजोमा इजकिएल निक्कै सृजनशील र कल्पनाशील थिए। उनले मुक अभिनयद्वारा, रोदनद्वारा, लेख्ने पत्रीका मुट्ठा चपाएर, यस्ता विभिन्न क्रियाकलापद्वारा मानिसहरूका दिल दिमागमा परमेश्वरको वचन प्रवेश गराउन कोसिस गरे। उनले देखेका र वर्णन गरेका कतिपय दर्शनहरू साह्रै उदेकलाग्दा र सविस्तार वर्णन गरिएका छन्। इजकिएलमा लेखिएका यी चित्रमय दर्शनहरू कुनै न कुनै रूपमा प्रकाशको पुस्तकभरी नै पाइन्छन्। उनको यस पुस्तक इजकिएल अगमवक्ताले विशेष रूपले जोड दिएर बताएको कुरो हो— पापको निम्ति पाप गर्ने व्यक्तिकै जिम्मेवारी हुने कुरो। साथसाथै पापबाट फर्केर असल कामतिर लाग्ने मानिसको निम्ति हुने पूर्ण आशालाई पनि इजकिएलले स्पष्ट गरी बताएका छन् (१८:२१-२४)।
अहिले सेलेक्ट गरिएको:
इजकिएल पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012