“त्यसपछि तँ देब्रेतिर कोल्टे परेर सुत्, र इस्राएलका घरानाको पाप आफूमाथि राखिदे। जति समयसम्म तँ यसरी कोल्टे परिरहन्छस्, त्यति दिनसम्म तैंले तिनीहरूको पाप भोग्नेछस्। तिनीहरूको पापका वर्षको संख्याकै बराबर तेरो लागि दिनको संख्या तोकेको छु, अर्थात् तीन सय नब्बे दिन। त्यतिञ्जेलसम्म तैंले इस्राएलका घरानाको पाप भोग्नेछस्। “ती दिन पूरा भइसकेपछि फेरि दाहिनेतिर कोल्टे पर् र यहूदाका घरानाको पाप भोग्। यस पल्ट मैले चालीस दिन तेरो निम्ति तोकेको छु, प्रत्येक वर्षको लागि एक दिन। तेरो पाखुरा नाङ्गै राखेर तैंले आफ्नो मोहड़ा यरूशलेमको घेरातर्फ फर्काएर राख्, र त्यस सहरको विरुद्धमा अगमवाणी भन्। म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस्।
इजकिएल 4 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 4:4-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू