YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 31:1-5

प्रस्‍थान 31:1-5 NNRV

अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले यहूदाका कुलको हूरको नाति, ऊरीको छोरो बजलेललाई चुनेको छु। मैले त्‍यसलाई परमेश्‍वरका आत्‍माले, र सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु। त्‍यसले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने, र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरोस्‌ भनेर हो।