प्रस्थान 31:1-5
प्रस्थान 31:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, मैले यहूदाका कुलको हूरको नाति, ऊरीको छोरो बजलेललाई चुनेको छु। मैले त्यसलाई परमेश्वरका आत्माले, र सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु। त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण आकार कोर्ने, र पत्थर काट्ने र जड्ने, काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरोस् भनेर हो।
प्रस्थान 31:1-5 पवित्र बाइबल (NERV)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “यहूदाको परिवारबाट बजलेल ऊरीको छोरा हूरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु। मैले बजलेललाई परमेश्वरको आत्मासित परिपूर्ण पारिदिएको छु अनि उसलाई सबै किसिमको निपुणता, कुशलता, अनि ज्ञानले आशीष दिएको छु। उसले सुन, चाँदी अनि काँसाको सुन्दर-सुन्दर वस्तुहरू बनाउन सक्छ किनभने ऊ एउटा राम्रो शिल्पकार हो। बजलेलले सबै प्रकारको कामहरू गर्न सक्छ जस्तै सुनमा कुँद्न पत्थर घेरा लगाउनको निम्ति ढुङ्गा काट्नु अनि सबै उदेश्यको निम्ति काठहरू काट्न सक्छ।
प्रस्थान 31:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “मैले यहूदा कुलको हूरको नाति अनि ऊरीको छोरो बजलेललाई छानेको छु, त्यसलाई मेरो आत्माले भरेको छु। मैले त्यसलाई समझशक्ति, ज्ञान-बुद्धि र सबै प्रकारका कारिगरको काम गर्ने योग्यता दिएको छु। त्यसलाई सुन, चाँदी र काँसाको शिल्प-कलाको लागि, हीरा काट्ने र जड्ने, काठको चित्र कप्ने र अरू हरेक प्रकारको कलाको काम गर्ने सीप दिएको छु।