काम गर्नेले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र? परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्। म जान्दछु कि मानिसको निम्ति आफू जीवित रहँदा आनन्दित रहनु र असल गर्नुभन्दा अरू असल कुरो केही छैन। परमेश्वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्नो सारा परिश्रममा सन्तुष्ट रहोस्। मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ। त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भनी परमेश्वर यसो गर्नुहुन्छ।
उपदेशक 3 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 3:9-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू