परमेश्वरका मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलीहरूलाई दिएको आशीर्वाद यही हो। तिनले भने: “परमप्रभु सीनैबाट आउनुभयो, र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्कनुभयो। लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट, आफ्ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो। निश्चय नै तपाईं मानिसहरूलाई प्यारो गर्ने हुनुहुन्छ, सबै पवित्र जनहरू तपाईंकै हातमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्छन्, र तपाईंबाट अर्ती लिन्छन्— मोशाले दिएको व्यवस्था, याकूबका समुदायको सम्पत्ति। उहाँ यशूरूनमाथि राजा हुनुभयो, जब प्रजाका नेताहरू, इस्राएलका कुलहरूसमेत एकसाथ भेला भए। “रूबेन बाँचिरहून्, र नमरून्, र तिनका मानिसहरू थोरै नहोऊन्।” यहूदाको विषयमा तिनले भने: “हे परमप्रभु, यहूदाको सोर सुन्नुहोस्, र तिनलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्। आफ्नै हातले तिनले आफ्नो रक्षा गर्दछन्। तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्।” लेवीको विषयमा तिनले भने: “तपाईंको ‘तुम्मीम’ र तपाईंको ‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो। तिनले आफ्ना पिता र आफ्नी माताको विषयमा भने, ‘म उनीहरूको आदर गर्दिनँ’। तिनले आफ्ना दाजुभाइहरूलाई इन्कार गरे, आफ्नै बालबच्चालाई स्वीकार गरेनन्। तर तिनले तपाईंका वचनको रखवाली गरे, र तपाईंका करारको रक्षा गरे। तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्, र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन्। तिनले तपाईंको सामु धूप चढ़ाउँछन्, र सम्पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्। हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष् दिनुहोस्, र तिनका हातका काम ग्रहण गर्नुहोस्। तिनको विरुद्धमा उठ्ने सबैको कम्मरमा हिर्काउनुहोस्, फेरि उठ्न नसक्ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्।” बेन्यामीनको विषयमा तिनले भने: “परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्, किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्नुहुन्छ, र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, तिनी उहाँका काँधका बीचमा विश्राम लिन्छन्।
व्यवस्था 33 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 33
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 33:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू