YouVersion लोगो
खोज आइकन

व्यवस्था 33:1-12

व्यवस्था 33:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमेश्‍वरका मानिस मोशाले आफ्‍नो मृत्‍युभन्‍दा अघि इस्राएलीहरूलाई दिएको आशीर्वाद यही हो। तिनले भने: “परमप्रभु सीनैबाट आउनुभयो, र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्‍कनुभयो। लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट, आफ्‍ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो। निश्‍चय नै तपाईं मानिसहरूलाई प्‍यारो गर्ने हुनुहुन्‍छ, सबै पवित्र जनहरू तपाईंकै हातमा छन्‌। तिनीहरू सबै तपाईंका पाउमा दण्‍डवत्‌ गर्छन्, र तपाईंबाट अर्ती लिन्‍छन्‌— मोशाले दिएको व्‍यवस्‍था, याकूबका समुदायको सम्‍पत्ति। उहाँ यशूरूनमाथि राजा हुनुभयो, जब प्रजाका नेताहरू, इस्राएलका कुलहरूसमेत एकसाथ भेला भए। “रूबेन बाँचिरहून्, र नमरून्, र तिनका मानिसहरू थोरै नहोऊन्‌।” यहूदाको विषयमा तिनले भने: “हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई आफ्‍ना मानिसहरूकहाँ ल्‍याउनुहोस्‌। आफ्‍नै हातले तिनले आफ्‍नो रक्षा गर्दछन्‌। तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्‌।” लेवीको विषयमा तिनले भने: “तपाईंको ‘तुम्‍मीम’ र तपाईंको ‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्, जसलाई तपाईंले मस्‍साहमा जाँच्‍नुभयो, जोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो। तिनले आफ्‍ना पिता र आफ्‍नी माताको विषयमा भने, ‘म उनीहरूको आदर गर्दिनँ’। तिनले आफ्‍ना दाजुभाइहरूलाई इन्‍कार गरे, आफ्‍नै बालबच्‍चालाई स्‍वीकार गरेनन्‌। तर तिनले तपाईंका वचनको रखवाली गरे, र तपाईंका करारको रक्षा गरे। तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्‌, र इस्राएललाई तपाईंको व्‍यवस्‍था सिकाउँछन्‌। तिनले तपाईंको सामु धूप चढ़ाउँछन्, र सम्‍पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्‌। हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष्‌ दिनुहोस्, र तिनका हातका काम ग्रहण गर्नुहोस्‌। तिनको विरुद्धमा उठ्‌ने सबैको कम्‍मरमा हिर्काउनुहोस्, फेरि उठ्‌न नसक्‍ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्‌।” बेन्‍यामीनको विषयमा तिनले भने: “परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्, किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्‍नुहुन्‍छ, र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ, तिनी उहाँका काँधका बीचमा विश्राम लिन्‍छन्‌।

शेयर गर्नुहोस्
व्यवस्था 33 पढ्नुहोस्

व्यवस्था 33:1-12 पवित्र बाइबल (NERV)

परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो। मोशाले भने, “परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए। हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुशरण गर्छन्। मोशाले हामीलाई व्यवस्था दिए। ती शिक्षाहरू याकूबका मानिसहरूको निम्ति हुन्। त्यस समयमा, इस्राएलका मानिसहरू र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए अनि परमप्रभु यशूरूनका राजा हुनुभयो। “रूबेन जीवित रहुन्, र नमरोस्, तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहुन्।” मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नुहोस्।” मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः “लेवी तपाईंको साँच्चो चेला हो। उसले तुम्मीम र ऊरीम राख्छ। तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो। मरीबाको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्। आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन, आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने। तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्, तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्। तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्, तपाईंको वेदीमा होमबलि चढाउनेछन्।” “परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्। उसले गरेका कुराहरू ग्रहण गर्नु होस्। उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्। उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।” मोशाले बिन्यामीनको विषयमा यी कुरा भने

व्यवस्था 33:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरका जन मोशाले आफ्नो मृत्युभन्दा अगि इस्राएलीहरूलाई दिएका आशीर्वाद यही हो। तिनले भने: “याहवेह सीनै पर्वतबाट आउनुभयो, र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो; उहाँ पारान पर्वतबाट चम्कनुभयो। उहाँको पर्वतको ओरालो, दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो। निश्‍चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ; सबै पवित्र जनहरू तपाईंका हातमा छन्। तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्; र तपाईंबाट नै अर्तीहरू प्राप्‍त गर्दछन्। याकोबका मानिसहरूका सम्पत्ति भनेको नै मोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्। उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो, जब इस्राएलका कुलहरूको साथमा मानिसहरूका अगुवाहरू भेला भएका थिए। “रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्; न त त्यसका मानिसहरू थोरै होऊन्।” अनि यहूदाको बारेमा तिनले यो भने: “हे याहवेह यहूदाको पुकार सुन्‍नुहोस्; त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्; त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ। हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!” लेवीको बारेमा तिनले भने: “तपाईंको तुम्मीम र ऊरीम तपाईंको विश्‍वासयोग्य सेवकका हुन्। तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो; तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो। त्यसले आफ्नो बुबा र आमालाई भन्यो, ‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’ त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन, र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन; तर त्यसले तपाईंको वचनमा ध्यान दियो, र तपाईंको करारको रक्षा गर्‍यो। त्यसले याकोबलाई तपाईंको विधि र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ। त्यसले तपाईंको सामु धूप र तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ। हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्, र त्यसका हातका परिश्रमहरूमा प्रसन्‍न हुनुहोस्। त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्, र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!” बेन्यामीनको बारेमा तिनले भने: “याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्; किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ। अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।”

शेयर गर्नुहोस्
व्यवस्था 33 पढ्नुहोस्

व्यवस्था 33:1-12 पवित्र बाइबल (NERV)

परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो। मोशाले भने, “परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए। हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुशरण गर्छन्। मोशाले हामीलाई व्यवस्था दिए। ती शिक्षाहरू याकूबका मानिसहरूको निम्ति हुन्। त्यस समयमा, इस्राएलका मानिसहरू र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए अनि परमप्रभु यशूरूनका राजा हुनुभयो। “रूबेन जीवित रहुन्, र नमरोस्, तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहुन्।” मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नुहोस्।” मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः “लेवी तपाईंको साँच्चो चेला हो। उसले तुम्मीम र ऊरीम राख्छ। तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो। मरीबाको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्। आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन, आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने। तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्, तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्। तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्, तपाईंको वेदीमा होमबलि चढाउनेछन्।” “परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्। उसले गरेका कुराहरू ग्रहण गर्नु होस्। उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्। उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।” मोशाले बिन्यामीनको विषयमा यी कुरा भने

शेयर गर्नुहोस्
व्यवस्था 33 पढ्नुहोस्

व्यवस्था 33:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मर्नुभन्दा अघि परमेश्‍वरका जन मोशाले इस्राएलका मानिसहरूलाई दिएका आशीर्वादका वचन यी हुन्: परमप्रभु सीनै पर्वतबाट आउनुभयो, उहाँ सूर्य उदाएझैँ एदोममाथि उदाउनुभयो र पारान पहाडबाट आफ्‍ना प्रजामाथि चम्‍कनुभयो। दश हजार स्‍वर्गदूतहरू उहाँसित थिए, उहाँका दाहिने हातमा आगोको ज्‍वाला थियो। परमप्रभुले आफ्‍ना प्रजालाई प्रेम गर्नुहुन्‍छ, अनि जो आफ्‍ना हुन्, तिनको रक्षा गर्नुहुन्‍छ। यसकारण हामी उहाँको चरणमा दण्‍डवत् गर्दछौं, र उहाँका आज्ञाहरू पालन गर्दछौं। हाम्रा जातिको सबैभन्दा मूल्‍यवान् सम्‍पत्ति– मोशाले हामीलाई दिएका नियमहरू पालन गर्दछौं। इस्राएलका कुलहरू र अगुवासहित एक ठाउँमा भेला भएका बेलामा परमप्रभु आफ्‍ना इस्राएली जनहरूका राजा हुनुभयो। मोशाले रूबेनका कुलबारे भने: “त्‍यसका मानिसहरू थोरै भए तापनि रूबेन कहिल्‍यै नमरोस्!” उनले यहूदा कुलबारे भने: “परमप्रभु! मद्दतको लागि तिनीहरूको पुकार सुन्‍नुहोस्, अरू कुलहरूसित तिनीहरूलाई फेरि एक पार्नुहोस्। परमप्रभु! तिनीहरूको निम्‍ति लडिदिनुहोस्, र तिनीहरूका शत्रुका विरुद्धमा मद्दत गर्नुहोस्।” उनले लेवीका कुलबारे भने: “परमप्रभु! ऊरीम र तुम्‍मीमद्वारा आफ्‍नो इच्‍छा प्रकट गर्नुहोस्, आफ्‍नो विश्‍वासी सेवक लेवीहरूद्वारा त्‍यसो गर्नुहोस्। तपाईंले तिनीहरूलाई मस्‍साहमा जाँच्‍नुभयो, र मरीबाका पानीनिर तिनीहरू सच्‍चा छन् भनी प्रमाण गर्नुभयो। तिनीहरूले आफ्‍ना आमा-बुबा, दाजुभाइ र छोरा-छोरीहरूप्रति भन्दा तपाईंप्रति झन् बढ्ता भक्ति देखाए, तिनीहरूले तपाईंका आज्ञाहरू पालन गरे र तपाईंका करारप्रति विश्‍वासयोग्‍य रहे। तिनीहरूले आफ्‍ना प्रजालाई तपाईंका नियम मान्‍न सिकाउनेछन्; तिनीहरूले तपाईंको वेदीमा बलिहरू चढाउनेछन्। हे परमप्रभु! तिनका कुललाई बलियो बन्‍न मद्दत गर्नुहोस्, तिनीहरूले जे गर्छन्, त्‍यसमा प्रसन्‍न हुनुहोस्। तिनका शत्रुहरूलाई चुर-चुर पारिदिनुहोस्, र तिनीहरू फेरि कहिल्‍यै उठ्‍न नसकून्।” उनले बेन्‍यामीनको कुलबारे भने: “परमप्रभुले यही कुललाई प्रेम र रक्षा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई रातभरि रखवाली गर्नुहुन्‍छ, र उहाँ तिनका माझमा बास गर्नुहुन्‍छ।”

शेयर गर्नुहोस्
व्यवस्था 33 पढ्नुहोस्