दानिएल पुस्तक परिचय
पुस्तक परिचय
दानिएल पहिलो पटकको कैदमा ६०६ ई.पू. मा बेबिलोन लगिएका थिए। यहूदाका राजकीय कुलको नाताले गर्दा दानिएल र उनका कतिपय मित्रहरूलाई विशेष तालीम दिइयो। तिनीहरूले पछि बेबिलोनको दरबारमा जिम्मेवारी पदहरू सम्हाले। सपना र दर्शनहरूका अर्थ खोल्ने विशेष बुद्धिको कारणले गर्दा दानिएलले चाँडै नै ठूलो नाम कमाए। अनि सरकारको सर्वोच्च पदहरूमा पुगे। पुरानो करारका कतिपय प्रशिद्ध सत्य कथाहरू दानिएलको पुस्तकमा पाइन्छन्। दानिएलका तीन जना साथीहरूलाई आगाको भट्टीमा हालिएको कथा र दानिएल आफै सिँहको खोरमा पस्नुपरेको घटना। सम्पूर्ण पुरानो करारमा पनि मृत मानवको पुनरुत्थानको बारेमा एउटा अति नै स्पष्ट पद १२:२ हो। दानिएलको पुस्तकको प्रत्येक अध्यायको सामग्री प्रकाशको पुस्तकको कुनै न कुनै खण्डमा पाइन्छ। प्रकाशको दुई वटा अध्यायमा मात्र दानिएलमा भएको विषयलाई छोइएको छैन। हाम्रा प्रभु येशूले प्रयोग गर्नुभएको सम्बोधन “मानिसको पुत्र” पनि स्पष्ट रूपले ७:१३ मा पाइन्छ।
अहिले सेलेक्ट गरिएको:
दानिएल पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012