YouVersion लोगो
खोज आइकन

दानिएल 9:17-18

दानिएल 9:17-18 NNRV

“अब हे हाम्रा परमेश्‍वर, आफ्‍नो दासको प्रार्थना र अन्‍तर्बिन्‍ती सुन्‍नुहोस्‌। हे परमप्रभु, तपाईंको आफ्‍नै खातिर आफ्‍नो उजाड़ पारिएको पवित्रस्‍थानमाथि कृपा-दृष्‍टि राखिदिनुहोस्‌। हे परमेश्‍वर, आफ्‍नो कान थाप्‍नुहोस्‌ र आँखा खोल्‍नुहोस्‌ र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्‍था हेर्नुहोस्‌। हामी धर्मी छौं भनेर यो बिन्‍ती गरेका छैनौं, तर तपाईंको महान्‌ कृपाको कारणले।