YouVersion लोगो
खोज आइकन

दानिएल 4:34-35

दानिएल 4:34-35 NNRV

त्‍यो समयको अन्‍तमा म, नबूकदनेसरले आफ्‍नो आँखा उठाएर स्‍वर्गतिर हेरे, र मेरो होश फर्क्‍यो। तब मैले सर्वोच्‍चको प्रशंसा गरें, सदासर्वदै जिउनुहुने उहाँलाई मैले आदर र महिमा गरें। उहाँको प्रभुत्‍व अनन्‍तको प्रभुत्‍व हो, उहाँको राज्‍य पुस्‍तादेखि पुस्‍तासम्‍म रहिरहन्‍छ। पृथ्‍वीका सबै मानिसहरू व्‍यर्थका गनिन्‍छन्‌। स्‍वर्गका शक्तिहरूलाई र पृथ्‍वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्‍छ। कसैले पनि उहाँको हात रोक्‍न सक्‍दैन, वा “तपाईंले के गर्नुभयो” भनी कसैले पनि सोध्‍न सक्‍दैन।