दानिएल 4:34-35
दानिएल 4:34-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो समयको अन्तमा म, नबूकदनेसरले आफ्नो आँखा उठाएर स्वर्गतिर हेरे, र मेरो होश फर्क्यो। तब मैले सर्वोच्चको प्रशंसा गरें, सदासर्वदै जिउनुहुने उहाँलाई मैले आदर र महिमा गरें। उहाँको प्रभुत्व अनन्तको प्रभुत्व हो, उहाँको राज्य पुस्तादेखि पुस्तासम्म रहिरहन्छ। पृथ्वीका सबै मानिसहरू व्यर्थका गनिन्छन्। स्वर्गका शक्तिहरूलाई र पृथ्वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्छ। कसैले पनि उहाँको हात रोक्न सक्दैन, वा “तपाईंले के गर्नुभयो” भनी कसैले पनि सोध्न सक्दैन।
दानिएल 4:34-35 पवित्र बाइबल (NERV)
तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिएँ मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ। परमेश्वरले सदा-सर्वदा शासन गर्नुहुन्छ! उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ। यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन् परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ स्वर्गको शक्ति भन्दा ठूलो कोही पनि छैन। उहाँले भन्नुहुन्छ, “स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन। उहाँको सशक्त हातले जे गर्छ, यसमाथि कुनै प्रश्न नै उठ्दैन्।”
दानिएल 4:34-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
नबूकदनेसर राजाले भने, “सात वर्ष बितिसकेपछि मैले आकाशतिर हेरें र मेरो होश फर्क्यो, मैले सर्वोच्च परमेश्वरको प्रशंसा गरें र उहाँलाई, जो सदासर्वदा जीवित हुनुहुन्छ, आदर र महिमा दिएँ। “उहाँले सदासर्वदा राज्य गर्नुहुन्छ र उहाँको राज्य अनन्तकालसम्म रहिरहन्छ। पृथ्वीका मानिसहरू उहाँको दृष्टिमा केही होइनन्, स्वर्गका दूतहरू र पृथ्वीका मानिसहरू उहाँका अधीनमा छन्। कसैले उहाँको इच्छाको विरोध गर्न सक्दैन, उहाँले के गर्नुहुन्छ, त्यसमा कसैले प्रश्न गर्नै सक्दैन।