तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे। अनि परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्याउनुभयो, तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्बन्धमा मलाई खटाउनुहुने मेरा स्वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्दा तिमीहरू उहाँको सामु किन कमसल अवस्थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।” त्यसपछि दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने, “कृपया, तपाईंका दासहरूलाई दश दिनसम्म जाँच्नुहोस्। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। त्यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्नुहोस् र तपाईंले देख्नुभएअनुसार आफ्ना दासहरूसँग व्यवहार गर्नुहोस्।” यसकारण उनले यो कुरा मन्जूर गरे र दश दिनसम्म तिनीहरूको जाँच गरे। दश दिनपछि राजकीय खाना खाएका ती अन्य जवानहरूभन्दा तिनीहरू स्वस्थ र पुष्ट देखिए। यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए।
दानिएल 1 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 1:8-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू