YouVersion लोगो
खोज आइकन

दानियलको पुस्तक 1:8-16

दानियलको पुस्तक 1:8-16 NERV

तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे। परमेश्वरले नपुंसकहरूका प्रमुखको मनमा दानियल प्रति करूणा र दया भरिदिनु भयो। नपुंसकहरूका प्रमुखले दानियललाई भने, “मलाई डर लाग्छ, किनभने मेरा परमप्रभु राजाले मलाई तिमीले यो भोजन खाएको अनि यो दाखरस पिएको हेर्नु भनी आदेश दिनु भएको छ। यदि तिमीले यो भोजन खाएनौ भने तिमी बिमार अनि दुर्बल हुनेछौ। राजाले यो देख्नु हुनेछ र मसित रिसाउनु हुनेछ। हुन सक्छ, मेरो टाउको काटिइनेछ अनि यो दोष तिम्रो हुनेछ।” त्यसपछि दानियलले आफूलाई, हनन्याह, मीशाएल अनि अजर्याहमाथि हेरचाह गर्ने अशपनजको त्यो कारिन्दासँग कुराकानि गरे। दानियलले त्यो कारिन्दालाई भने, “दया गरेर दश दिन सम्म हाम्रो परीक्षा लेऊ, हामीलाई खान साग-सब्जी अनि पिउने पानी बाहेक केही नदेऊ। त्यसपछि तिमीले हाम्रो तुलना अरू जवान मानिसहरूसँग गर, जसले राजाको खाना खान्छन्। त्यस पछि तिमीले देख्छौ कि को धेरै स्वस्थ छ, अनि आफैं निर्णय गर, हामीसँग कस्तो व्यवहार गर्नु पर्छ, हामी तिम्रो सेवक हौं।” उनी राजी भए अनि दश दिन सम्म जाँच गरे। दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खान्थे। त्यसपछि त्यो कारिन्दाले उनीहरूलाई राजाको खाना र दाखरस दिन बन्द गरे। अनि तिनीहरूलाई साग-सब्जी नै दिनलागे।