YouVersion लोगो
खोज आइकन

कलस्सी 4:3-6

कलस्सी 4:3-6 NNRV

हाम्रा निम्‍ति पनि प्रार्थना गर, ताकि ख्रीष्‍टको त्‍यो रहस्‍य प्रचार गर्नलाई परमेश्‍वरले हामीलाई वचनको निम्‍ति एउटा ढोका खोलिदेऊन्, जसको निम्‍ति म थुनामा परेको छु, र मैले बोल्‍नुपर्ने वचन खुलस्‍त पार्न सकूँ। समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्‍यवहार गर। नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।