कलस्सी 4:3-6
कलस्सी 4:3-6 सरल नेपाली
मैले सुसमाचार प्रचार गरेकोले म थुनामा परेको छु। अब ख्रीष्टको रहस्य बताउन र उहाँको सुसमाचार प्रचार गर्न परमेश्वरले हाम्रो लागि राम्रो ढोका खोलिदेऊन् भनी हाम्रो लागि प्रार्थना गर। मेरो लागि तिमीहरूले प्रार्थना गरिदेओ, मैले जसरी बुझाउनुपर्ने हो, त्यसरी नै म बोल्न सकूँ। विश्वास नगर्नेहरूसँग व्यवहार गर्दा बुद्धि पुर्याएर गर र तिमीहरूले पाएका सबै मौकालाई पूरासँग चलाओ। नुनले खाना मीठो बनाएझैँ तिमीहरूको बोलिवचन सधैँ मीठो र चाखलाग्दो होस्। तिमीहरूले सबैलाई राम्रोसँग जवाफ दिन पनि जान्नुपर्दछ।


