YouVersion लोगो
खोज आइकन

प्रेरित 8:30-35

प्रेरित 8:30-35 NNRV

फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्‍तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्‍नुहुन्‍छ?” तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्‍न सक्‍छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्‍ने अनुरोध गरे। अब तिनले पढ़िरहेका धर्मशास्‍त्रको खण्‍ड यो थियो, “जसरी भेड़ा काटिनलाई लगिन्‍छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्‍छ, त्‍यसरी नै उसले आफ्‍नो मुख खोलेन। उसको अपमानित अवस्‍थामा उसलाई न्‍याय मिलेन। उसको पुस्‍ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्‍वीबाट हरण भयो।” तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्‍नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्‍नै विषयमा कि अरू कसैको विषयमा?” तब फिलिपले आफ्‍नो मुख खोलेर धर्मशास्‍त्रको यसै खण्‍डबाट तिनलाई येशूको सुसमाचार सुनाए।

प्रेरित 8:30-35 को लागि भिडियो