तब उनीहरूले तिनको निम्ति एउटा दिन तोकिदिए, र धेरै संख्यामा मानिसहरू तिनको डेरामा आए। तिनले उनीहरूलाई बिहानदेखि साँझसम्मै व्याख्यान दिए, र मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट परमेश्वरका राज्यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्वास दिलाउने चेष्टा गरे। तिनले भनेका कुरा कतिले विश्वास गरे, कतिले गरेनन्। उनीहरू आपसमा असहमत भए, र बिदा हुन लाग्दा पावलले यो अन्तिम वक्तव्य दिए, “तिमीहरूका पिता-पुर्खालाई यशैया अगमवक्ताद्वारा पवित्र आत्माले भन्नुभएको वचन ठीकै थियो, ‘यी मानिसहरूकहाँ गएर भन्, “सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ, हेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ।” किनभने यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ “यसकारण तिमीहरूलाई थाहा होस्, कि परमेश्वरको यो मुक्ति अन्यजातिहरूका निम्ति पठाइएको छ, र तिनीहरूले सुन्नेछन्।” [ अनि तिनले यी वचन भनेपछि, यहूदीहरू आपसमा धेरै वाद-विवाद गर्दै बिदा भए।] पावल पूरा दुई वर्षसम्म आफ्नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्वागत गरे। तिनले खुल्लमखुल्ला र विनारोकटोक परमेश्वरका राज्यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिन्थे।
प्रेरित 28 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 28:23-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू