YouVersion लोगो
खोज आइकन

प्रेरित 25:1-12

प्रेरित 25:1-12 NNRV

फेस्‍तस आफ्‍नो प्रान्‍तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए। मुख्‍य पूजाहारीहरू र यहूदीहरूका प्रमुख मानिसहरूले पावलको विरुद्धमा अभियोग लाए, र तिनलाई बाटैमा मार्ने षड्‌यन्‍त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस्‌ भन्‍ने बिन्‍ती गरे। तर फेस्‍तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्‍छा भएको कुरा व्‍यक्त गरे। उनले भने, “यसकारण तिमीहरूमध्‍येका नेताहरू त्‍यहाँ मेरो साथ जाऊन्, र त्‍यस मानिसमा केही खराबी छ भने त्‍यसलाई अभियोग लगाऊन्‌।” तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्‍दा बढ़ी नबसी कैसरिया फर्के, र त्‍यसकै भोलिपल्‍ट न्‍याय-आसनमा बसेर उनले पावललाई ल्‍याउने हुकुम गरे। तिनी आएपछि यरूशलेमबाट आएका यहूदीहरू तिनको वरिपरि उभिए, र पावलको विरुद्धमा अनेक गम्‍भीर अभियोग लगाए, जसको तिनीहरूले प्रमाण दिन सकेनन्‌। पावलले आफ्‍नो पक्षमा बोल्‍दै भने, “मैले यहूदीहरूको व्‍यवस्‍थाको विरुद्धमा, मन्‍दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।” तर फेस्‍तसले यहूदीहरूलाई खुशी तुल्‍याउनका निम्‍ति पावललाई भने, “के तिमी यरूशलेममा गएर त्‍यहाँ मेरो सामुन्‍ने यी कुराका विषयमा इन्‍साफ गरिओस्‌ भन्‍ने इच्‍छा गर्छौ?” तर पावलले भने, “म कैसरको न्‍याय-आसनको सामुन्‍ने खड़ा भइरहेछु, जहाँ मेरो इन्‍साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ, सो हजूरमा राम्रै जाहेर छ। यदि म अपराधी हुँ, र मैले ज्‍यानसजाय पाउने योग्‍यको काम गरेको छु भने मर्नलाई म इन्‍कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्‍य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्‍पन सक्‍दैन। म कैसरकहाँ अपिल गर्दछु।” तब फेस्‍तसले सल्‍लाहकारहरूसँग परामर्श गरेर भने, “तिमीले कैसरकहाँ अपिल गर्‍यौ, तिमी कैसरकहाँ नै जानेछौ।”

Video for प्रेरित 25:1-12