जब सातौँ दिन पूरा हुन लागेको थियो, तब एशियाका यहूदीहरूले पावललाई मन्दिरमा देखेर सारा भीड़लाई उत्तेजित पारे, र तिनलाई पक्रे। उनीहरू यसो भन्दै कराउन लागे “इस्राएलका मानिस हो, सहायता गर्नुहोस्! मानिसहरूलाई जताततै हाम्रो जाति, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्धमा शिक्षा दिई हिँड्ने मान्छे यही हो। यति मात्र होइन, यसले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएर यस पवित्र ठाउँलाई अशुद्ध पारिदिएको छ।” किनभने यसको अगाडि उनीहरूले एफिससको त्रोफिमस भन्ने एक जनालाई तिनीसँग सहरमा देखेका हुनाले त्यसैलाई पावलले मन्दिरभित्र ल्याएका हुन् भनी उनीहरूले ठाने। तब जम्मै सहरमा हलचल भयो, र मानिसहरू एकसाथ दौड्दैआए। उनीहरूले पावललाई पक्रेर मन्दिरबाट बाहिर घिस्स्याउँदै ल्याए, र तुरुन्तै ढोकाहरू बन्द गरिए। जब उनीहरूले तिनलाई मार्ने चेष्टा गरिरहेका थिए, तब सारा यरूशलेम खलबलिएको छ भन्ने कुराको खबर पल्टनका सेनापतिकहाँ आइपुग्यो। उनी तुरुन्तै सिपाही र कप्तानहरू साथमा लिएर उनीहरूकहाँ दौड्दैआए। उनीहरूले सेनापति र सिपाहीहरूलाई देखे, र पावललाई कुट्न छोड़े। तब ती सेनापति नजिक आएर पावललाई समाते र दुई साङ्लाले तिनलाई बाँध्ने हुकुम दिए। यो को हो र यसले के गर्यो भनी उनले सोधे। तर त्यस भीड़मध्ये कसैले एक कुरा र कसैले अर्को कुरा भनेर कराए, र उनले त्यस होहल्लाले गर्दा घटना के हो सो थाहा पाउन नसकेकाले पावललाई ब्यारेकमा लैजानू भनी आज्ञा दिए। जब पावल भर्याङमा आइपुगे, तब धुइरोको हिंसक उत्तेजनाले गर्दा सिपाहीहरूले तिनलाई उचालेर लगे। किनभने मानिसहरूको भीड ‘त्यसलाई सिद्ध्याइदेऊ’ भनेर कराउँदै पछिपछि लागेको थियो। ब्यारेकभित्र पुर्याउन लाग्दा पावलले सेनापतिलाई भने, “हजूर, अनुमति पाए, म केही भन्न चाहन्छु।” उनले भने, “के तँलाई ग्रीक भाषा आउँछ? के तँ त्यही मिश्री होइनस्, जसले भर्खरै विद्रोह मच्चाई चार हजार विद्रोहीहरूलाई जङ्गलमा लगेको थियो?” तर पावलले जवाफ दिए, “म त किलिकियाको सहर टार्ससको एक यहूदी मानिस हुँ, सानोतिनो सहरको नागरिक होइनँ। बिन्ती छ, यी मानिसहरूलाई केही भन्ने मलाई मन्जूरी दिनुहोस्।” जब उनले मन्जूरी दिए, तब भर्याङमा उभिएर पावलले मानिसहरूलाई हातले इशारा गरे। मानिसहरू बिलकुलै शान्त भएपछि, तिनले उनीहरूलाई हिब्रू भाषामा यसो भने
प्रेरित 21 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 21:27-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू