त्यसपछि तिनी एथेन्सबाट बिदा भएर कोरिन्थमा गए। तिनले पोन्टस-निवासी अकिलास नाउँ भएका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालियाबाट आएका थिए, किनकि सम्राट् क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्किजाने आज्ञा दिएका थिए। पावल उनीहरूलाई भेट्न गए। एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे, र काम गरे। किनकि उनीहरूको पेशा पाल बनाउने थियो। हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्न गर्थे। जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्यस्त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भनी तिनले शिक्षा दिँदैथिए। तर जब उनीहरूले विरोध गरेर तिनको निन्दा गर्न लागे, तब तिनले आफ्नो लुगा टकटक्याएर उनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै थाप्लोमा परोस्, म निर्दोष छु। अब उप्रान्त म अन्यजातिहरूकहाँ जानेछु।” तब तिनी त्यहाँबाट परमेश्वरको भक्ति गर्ने तीतस युस्तस नाउँ भएका मानिसको घरमा गए। उनको घर सभाघरको छेवैमा थियो। सभाघरका शासक क्रिस्पसले सपरिवार प्रभुमा विश्वास गरे, र कोरिन्थीहरूमध्ये पनि धेरैले पावलका वचन सुनेर विश्वास गरे, र बप्तिस्मा लिए। एक रात दर्शनमा प्रभुले पावललाई भन्नुभयो, “नडराऊ, तर बोल्दैजाऊ, र चूप नलाग, किनकि म तिम्रो साथ छु, र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्नेछैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।” अनि परमेश्वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्म तिनीहरूसँग बसे।
प्रेरित 18 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 18:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू