पावल र सिलास अम्फिपोलिस र अपोल्लोनियाको बाटो भएर थेसलोनिकेमा आए। त्यहाँ यहूदीहरूको एउटा सभाघर थियो। पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे। “ख्रीष्टलाई अवश्य दुःख भोग्नु र मृतकबाट जीवित हुनुपर्थ्यो, र यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ” भन्ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए। तिनीहरूमध्ये कति जना विश्वास गरेर पावल र सिलासतर्फ लागे। ठूलो संख्यामा ईश्वरभक्त ग्रीकहरू र कतिपय प्रमुख महिलाहरू पनि लागेका थिए। तर डाहले भरिएर यहूदीहरूले बजारका बदमाशहरूलाई जम्मा गरी हूल उठाएर सहरमा खैलाबैला मच्चाउन लाए, अनि यासोनको घरमा हमला गरेर पावल र सिलासलाई जनताको सामुन्ने ल्याउन खोजे। तिनीहरूलाई फेला पार्न नसक्दा, उनीहरूले यासोन र कुनै-कुनै भाइहरूलाई सहरका शासकहरूकहाँ यसो भनेर कराउँदै घिस्स्याएर ल्याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्। तिनीहरू यासोनका पाहुना भएका छन्, र तिनीहरू सबैले येशू भन्ने एक जना अर्कै राजा छन् भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्।” यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए। उनीहरूले यासोन र तिनका साथमा भएका बाँकी मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।
प्रेरित 17 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 17:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू