YouVersion लोगो
खोज आइकन

प्रेरित 11:19-30

प्रेरित 11:19-30 NNRV

स्‍तिफनसको सम्‍बन्‍धमा सुरु भएको सतावटको कारण जताततै छरपष्‍ट भएकाहरूले अरूलाई होइन, तर यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै, फोनिके, साइप्रस र एन्‍टिओखियासम्‍म यात्रा गरे। तर तिनीहरूमध्‍ये कोही-कोही साइप्रस र कुरेनीका मानिसहरू थिए। तिनीहरूले एन्‍टिओखियामा आएर ग्रीकहरूलाई पनि प्रभु येशू प्रचार गरे। प्रभुको बाहुली तिनीहरूसँग भएकोले विश्‍वास गर्नेहरू धेरै संख्‍यामा प्रभुतिर फर्के। यो समाचार यरूशलेममा भएको मण्‍डलीको कानमा पुग्‍यो, र तिनीहरूले बारनाबासलाई एन्‍टिओखियामा पठाए। तिनी त्‍यहाँ आएर परमेश्‍वरको अनुग्रह देखिकन खुशी भए, र तिनीहरू सबैलाई सम्‍पूर्ण हृदयले प्रभुप्रति विश्‍वासी रहिरहन प्रोत्‍साहन दिए। किनभने तिनी असल, पवित्र आत्‍मा र विश्‍वासले भरिपूर्ण भएका मानिस थिए। मानिसहरूको ठूलो समूह प्रभुमा थपियो। तब शाऊललाई खोज्‍न बारनाबास टार्ससमा गए। जब तिनले उनलाई भेट्टाए तब उनलाई एन्‍टिओखियामा ल्‍याए। तब पूरा एक वर्षसम्‍मै मण्‍डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्‍टिओखियामा नै ख्रीष्‍टियान भनिए। त्‍यस बेला कोही अगमवक्ताहरू यरूशलेमबाट एन्‍टिओखियामा आए। तिनीहरूमध्‍ये अगाबस नाउँ भएका एक जना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्‍ने पवित्र आत्‍माद्वारा भविष्‍यवाणी बोले। त्‍यो अनिकाल क्‍लौडियसको शासनकालमा पर्‍यो। तब चेलाहरू हरेकले आ-आफ्‍नो औकातअनुसार यहूदियामा बस्‍ने भाइहरूका सहायताको निम्‍ति भेटी पठाउने निश्‍चय गर्‍यो। तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्‍डरहरूकहाँ पठाइदिए।

Video for प्रेरित 11:19-30

प्रेरित 11:19-30 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति