यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको सत्ताईसौँ दिनमा राजा एबील-मरोदकले यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए। उनले तिनीसँग दयालु कुरा गरे, र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्दा अझ उच्च सम्माननीय स्थानमा तिनलाई राखे। यसरी यहोयाकीनले आफ्ना कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्बार खाने गरे। राजाले तिनको निम्ति नियमित भत्ता तिनको जीवनकालभरि नै दिए।
२ राजाहरू 25 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 25:27-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू