YouVersion लोगो
खोज आइकन

२ राजाहरू 13:20-21

२ राजाहरू 13:20-21 NNRV

त्‍यसपछि एलीशाको मृत्‍यु भयो, र तिनी गाड़िए। वर्षैपिच्‍छे मोआबी लूटपीट गर्नेहरू बसन्‍त ऋतुमा देशभित्र पस्‍थे। एक पल्‍ट कति जना इस्राएलीहरूले एउटा लाश गाड्‌दैगर्दा एक्‍कासि तिनीहरूले एक दल लूटपीट गर्नेहरूलाई देखे। यसैले तिनीहरूले त्‍यस लाशलाई एलीशाको चिहानमा त्‍यसै फ्‍याँकिराखेर भागे। जब त्‍यस लाशले एलीशाका हड्डीहरू छोयो, तब त्‍यो मानिस जीवित भएर आफ्‍नो खुट्टामा उभियो।